Sunday, September 11, 2016

प्रधानध्यापकद्धारा २ कक्षाकी बालिका बलात्कृत !

केशब बि.क.
मुस्ताङ २६ भाद्र

मुस्ताङमा एक शिक्षकले आफ्नै बिद्यालयमा अध्ययनरत बालिकालाई यौन शोषण गरेको पीडित परिवारले बताएको छ ।

फाईल तस्विर
जिल्लाको छुसाङ गाविस स्थित जननर्मल आवासिय प्राविका तत्कालिन प्रधानाध्यापक गुरुप्रसाद सापकोटाले कक्षा २ मा अध्ययन गर्ने १२ वर्षिया बालिकालाई पटक पटक यौन शोषण गरेको पीडित परिवारले दावी गरेका छन् ।
छात्रालाई कोठामा बोलाएर शरिरमा तेल लगाईदिन भन्दै यौन शोषण गर्ने गरेको पिडित बालिकाले बताएकी छन् । पिडित छात्राका अनुसार पिडा सहन नसकि आफु विद्यालय छोडेर जान्छु भन्दा आरोपित प्रधानाध्यापकले विद्यालय छाडेमा पैसा तिर्नुपर्ने भन्दै धम्की समेत दिने गरेको उनको जिकिर छ ।
वि.सं. २०७१ फाल्गुन २० गते विद्यालय भर्ना भई पठनपाठन शुरु गरेकी उनी पिडा खप्न नसकेर २०७२ जेठ महिनामा आफ्नो घर लमजुङ फर्केकी थिइन् । शिक्षक सापकोटा हाल राष्ट्रिय निमावि लोमान्थाङमा सरुवा भएका छन्् । सापकोटा छुसाङबाट लोमान्थाङ सरुवा भएपछि पिडित छात्रा २०७२ भाद्र १ गते देखि पुनः सोही विद्यालयमा फर्किइ अध्ययन गरिरहेकी छन् ।  सानै उमेरमा यौन शोषण भएकाले स्वास्थ्यमा बिभिन्न समस्या देखिएकाले हाल फिस्टेल अस्पतालमा उपचार गराइएको छ । पिडित छात्राले आफ्नो उपचारको सम्पूर्ण क्षतिपूर्ति सहित पीडक शिक्षकलाई कारबाहीको माग गरेकी छन् ।
घरको आर्थिक अवस्था कमजोर भएका कारण पढ्न समस्या भएपछि छुसाङमा रहेको लमजुङ होटलका सञ्चालक आफन्त पर्ने भएकाले उनी लमजुङबाट छुसाङमा बसेर पढ्नका लागि आएकी थिइन् ।
सापकोटाले केही वर्ष अघि सहकर्मी शिक्षिकालाई यौन दुब्र्यबहार गरेको घटना सार्वजनिक भएको थियो । यस बारेमा राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रिय कार्यालय पोखरामा उजुरी समेत परेको छ । उजुरी पश्चात घटनाको बारेमा स्थलगत अनुगमन गरी आयोगमा प्रतिवेदन पठाउन सम्बन्धीत निकायलाई निर्देशन दिइसकेको बताईएको छ ।
आयोगको निर्देशन पश्चात जिल्ला शिक्षा कार्यालय, महिला तथा बालबालिका कार्यालय लगायतका सम्बन्धीत निकायले पीडित बालिकाको बयान लिईसकेका छन् । बयानको क्रममा बालिकाले प्रअ सापकोटाबाट आफु पटकपटक बलात्कृत भएको बताएकी छन् ।
उक्त घटना प्रति मानव अधिकार आयोगले अनुसन्धान प्रकृया अगाडी बढाएको छ ।  पीडित बालिकालाई हाल जोमसोम स्थित महिला तथा बालबालिका कार्यालयले आश्रय दिएको छ ।

No comments:

Post a Comment