Sunday, September 25, 2016

भारतिय राजदुत रे द्धारा योगेन्द्र उमाविको उदघाटन

    मुस्ताङ साप्ताहिक /मुस्ताङ
आश्विन ७ गते शुक्रवार भारतिय राजदुत रञ्जित रेले योगेन्द्र उमावि टुकुचेको उद्घाटन गरेका छन् । योगेन्द्र उमावि को भवन निर्माणमा भारतले सहयोग गरेको थियो ।
    विद्यालयको उद्घाटन पश्चात राजदुत रेले मार्फाको राजखोलाको अनुगमन तथा मार्फा खोलामा आएको बाढीलाई रोक्न तटबन्द निर्माणको लागि सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरेका छन् ।
    त्यसपश्चात भारतिय राजदुतले कागबेनी, मुक्तिनाथ, झारकोटमा भारतिय लगानीमा निर्मित नदि तटबन्द, गुम्बा र उपल्लो मुस्ताङमा भारतको लगानीमा संचालित योजनाहरुको अनुगमन र उद्घाटन गरेको बताईएको छ ।
    भारतको लगानीमा संचालित योजनाको अनुगमन गर्दै राजदुत रञ्जित रेले मुस्ताङको विकासका लागि भारतले गर्दै आएको सहयोगलाई निरन्तरता दिँदै जाने बताएका छन् ।

No comments:

Post a Comment