Friday, September 16, 2016

विविध कार्यक्रम सहित संविधान दिवस मनाईने

मुस्ताङ साप्ताहिक/मुस्ताङ
हिमालपारीको जिल्ला मुस्ताङमा विविध कार्यक्रम सहित संविधान दिवस मनाइने भएको छ । शुक्रवार स्थानिय विकास अधिकारी हरिप्रसाद बास्तोलाको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी गणेश बहादुर अधिकारी लगायत स्थानिय राजनैतिक दलको उपस्थितिमा जिविसमा बसेको बैठकले विविध कार्यक्रम सहित संविधान दिवस मनाउने निर्णय गरेको हो ।
६५ वर्षको लामो अथक प्रयासपछि संविधानसभा तथा जनप्रतिनीधिबाट गत २०७२ आश्विन ३ गते नेपालको संविधान जारी भएको थियो । त्यस पश्चात आश्विन ३ गते संविधान जारी भएको दिनलाई संविधान दिवसको रुपमा मनाउने सरकारी निर्णय अनुरुप आगामी आश्विन २, ३ र ४ गते विविध कार्यक्रम सहित दिवस मनाउन लागिएको स्थानिय विकास अधिकारी हरिप्रसाद बास्तोलाले जानकारी दिए ।
सो अवसरमा प्रभावतफेरी कार्यक्रम, संविधानको विषयमा प्रचवन, नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी र जनहित युवा क्लव बिच मैत्रीपूर्ण भलिबल प्रतियोगिता, कर्मचारीहरु बिच ब्याडमिन्टन प्रतियोगिता, कविता बाचन प्रतियोगिता र साँझ दिपावली सहित दिवस मनाउने निर्णय गरिएको बताइएको छ । 


No comments:

Post a Comment