Monday, September 12, 2016

बालबालिकालाई स्टेशनरी वितरण

मुस्ताङ साप्ताहिक
मुस्ताङ २७ भाद्र
महिला तथा बालबालिका कार्यालय मुस्ताङले पुथाङ एयरपोर्टमा रहेको नमुना प्राथमिक विद्यालयका विद्यार्थीलाई स्टेशनरी समान वितरण गरेको छ ।
 भाद्र २९ गते भब्य रुपमा बाल दिवस मनाउने पूर्व निधारित कार्यक्रम अन्तर्गत विद्यार्थीहरुलाई पढाई प्रति प्रेरित गर्न सोमबार नमुना प्राविका बालबालिकालाई स्टेशनरी सामन वितरण गरिएको महिला तथा बालबालिका कार्यालयकी प्रमुख सावित्रा शाहले जानकारी दिईन् ।
    जिल्ला शिक्षा अधिकारी केशरीरमण न्यौपाने, प्रहरी नायव उपरिक्षक हरिहरनाथ योगी, महिला विकास अधिकृत सावित्रा शाह, कृषि विकास बैँकका प्रमुख महेश पौडेल, अनुसन्धान अधिकृत अशोक कार्की, पत्रकार लगायत विद्यालयका शिक्षक शिक्षिकाहरु लगायतको उपस्थितिमा प्राविका ५६ जना विद्यार्थीहरुलाई कापी, सिसाकलम, इरेजर, सापनर गरी ८ हजार ५ सय बराबरको शैक्षिक सामाग्री वितरण गरिएको थियो ।  


No comments:

Post a Comment