Tuesday, September 6, 2016

मुस्ताङका शिक्षक गुरुप्रसादले छोडेनन् आफ्नै शिष्य पनि

केशव बिश्वकर्मा
मुस्ताङ २१ भाद्र
गुरुले ज्ञानगुनका कुरा सिकाउलान् भनि विद्यालय गएकी एक बालिका गुरु नै चरित्रहीन भएपछि यौनको शिकार बनेकी छन् । विद्यालयमा उज्जवल भविष्य वनाउन गएकी बालिका गुरुद्वारा यौन शोषणमा परेको सुन्दा किशोरीका परिवार स्तब्ध भएको छ ।

मुस्ताङमा एक शिक्षकले एक बालिकालाई लामो समय सम्म यौन शोषण गरेपछि विभिन्न समस्या झेल्दै जीउन बाध्य भएकी छन् । जिल्लाको छुसाङ गाविस स्थित जननर्मल आवासिय प्राविका तत्कालिन प्रअ गुरुप्रसाद सापकोटाले आफ्नै विद्यार्थीलाई लामो समय सम्म यौन शोषण गरेका हुन् ।
तत्कालिन प्रअ सापकोटाले कक्षा २ मा अध्ययन गर्ने १२ वर्षिया बालिकालाई पटक पटक यौन दुब्र्यबहार गरेको खुलासा भएको छ । सापकोटाले पिडित छात्रालाई अधिकांश समय आफ्नो ब्यक्तिगत काममा लगाउने र यौन शोषण गर्ने गरेको खुलासा भएको हो ।
निज प्रअले छात्रालाई कोठामा लैजाने र शरिरमा तेल लगाईदिन लगाउने, मुखमा चुम्बन गर्ने, कपाल सुमसुम्याउने, संवेदनशील अङ्ग मुसार्ने र यौन शोषण गरेको पिडितले बताएकी छन् ।
एक दिन पानी परेको बेला हेडसरले राती हामी सबै केटी साथीहरुलाई अफिस कोठामा सुत्न डाक्नु भयो । अनि हामी सुत्न गयौँ । सुतेको केही समयपछि मलाई उहाँको कोठामा डाक्नु भयो । निद्रा लागेको छ भन्दा उहाँ आफैले मलाई भित्र आफ्नो कोठामा तानेर लानुभयो । सरको नाङ्गो शरिरमा तेल दल्न लगाउनु भयो । त्यसपछि म बेहोस भएँ केके ग¥यो मलाई थाहा भएन् । पिडित छात्राले बताएकी छन् ।
अरु साथीलाई चौरमा पिटी खेल्न लगाउने, मलाई कोठा सफा गर्न बोलाउने र गिलासमा हर्लिक्स घोलेर खान दिने र खाई सकेपछि म लट्ठ परि बेहोस हुन्थे अनि यस्तै हर्कत गर्ने गर्नुहुन्थ्यो पीडित छात्राले बताइन् ।
पिडित छात्राका अनुसार पिडा सहन नसकि आफु विद्यालय छोडेर जान्छु भन्दा निज प्रअले विद्यालय छाडेमा पैसा तिर्नुपर्ने भन्दै डर धम्की देखाउने गर्दथे । वि.सं. २०७१ फाल्गुन २० गते विद्यालय भर्ना भई पठनपाठन शुरु गरेकी छात्रा पिडा खप्न नसकी २०७२ जेठ महिनामा आफ्नो घर लमजुङ फर्केकी थिइन् ।
सानै उमेरमा यौन शोषणमा परेकाले पिडित छात्राको योनीबाट सेतो पानी बग्ने, पिसाब पोल्ने र अध्याधिक पिडा हुने जस्ता संक्रमण देखिएकाले हाल फिस्टेल अस्पतालमा स्त्रीरोग विशेषज्ञ डा.गोमा तुलाचनबाट उपचार गरी औषधी सेवन गरिरहेकी छन् ।
पिडित छात्राले आफ्नो उपचारको सम्पूर्ण क्षतिपूर्ति सहित पिडक शिक्षकलाई कारबाहीको माग गरेकी छन् । हाल पिडक शिक्षक सापकोटा राष्ट्रिय निमावि लोमान्थाङमा सरुवा भई अध्यापन गराइरहेका छन् । तत्कालिन प्रअ गुरुप्रसाद सापकोटा छुसाङबाट लोमान्थाङ सरुवा भएपछि पिडित छात्रा २०७२ भाद्र १ गते देखि पुनः सोही विद्यालयमा फर्किइ अध्ययन गरिहेकी छन् । 
घरको आर्थिक अवस्था कमजोर भएका कारण पढ्न समस्या भएपछि छुसाङमा रहेको लमजुङ होटलको साहुनी आफ्नो बजै नाता पर्ने भएकाले उनी लमजुङबाट छुसाङमा बजैकोमा बसि पढनको लागि आएकी थिइन् ।
पिडक शिक्षक गुरुप्रसाद सापकोटा केही वर्ष अघि सहकर्मी शिक्षिकालाई यौन दुब्र्यबहार गरेको घटनामा मुछिईसकेका छन् । विद्यार्थीलाई नैतिकताको ज्ञान दिने शिक्षक आफै शिक्षकको नाममा कलंक बन्दै विद्यार्थीलाई यौन शोषण गरेको यतिका समय बितिसक्दा पनि सम्बन्धित निकाय मुखदर्शक बनेको छ ।
पटक पटक सहकर्मी र विद्यार्थी किशोरी माथि गिद्धे दृष्टि लगाउने चरित्रहीन शिक्षकलाई कारबाहीको पहल नगरी शिक्षकको रुपमा कायम गरिनुले दोषीलाई उन्मुक्ति दिने काम भैरहेको स्थानियले बताएका छन् ।
राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रिय कार्यालय पोखरामा उजुरी परे पश्चात घटनाको बारेमा स्थलगत अनुगमन गरी आयोगमा प्रतिवेदन पठाउन सम्बन्धीत निकायलाई निर्देशन दिइसकेकाले सरोकारवाला निष्क्रिय हुन नहुने बताइएको छ ।

No comments:

Post a Comment